काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तयारी थालेका छन् ।
बिहीबार साँझ रास्वपा शीर्षनेताको छलफलमा चैत १३ मा प्रधानमन्त्रीको शपथ तय गरिएको बताइएको छ । रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले छलफलमा सहभागी भएका थिए ।
यस्तै, बिहीबार दिउँसो संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण तय गरेको थियो ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँगको छलफलपछि चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सांसदको शपथ ग्रहणको तयारी गरिएको हो ।
सांसदले शपथ लिएको भोलिपल्ट प्रधानमन्त्रीको शपथ लिने तयारी गरिएको बताइएको छ ।प्रतिनिधि सभाको सदस्यको शपथ तय भएसँगै रास्वपाका शीर्षनेता छलफलमा बसेका हुन् ।




















