काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ। आज सुन प्रतितोला ५ हजार ४०० रुपैयाँले घट्दा चाँदी पनि १४० रुपैयाँले सस्तो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ निर्धारण गरिएको छ।
हिजो बुधबार भने छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँ र चाँदी ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा आज सुन प्रतिऔँस ४ हजार ९०० अमेरिकी डलर र चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।



















