काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको थियो।
निर्वाचनमा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने प्रणाली)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दल प्रतिस्पर्धामा थिए। प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी कुल ३ हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा सहभागी भएका थिए।
समानुपातिकतर्फ भने १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा थिए। निर्वाचन आयोगका अनुसार यसपटक ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए। साथै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको थियो।
समानुपातिकतर्फको मतगणना जारी रहे पनि प्रत्यक्षतर्फ भने सबै १६५ सिटको परिणाम सार्वजनिक भइसकेको छ।
प्रत्यक्षतर्फ कुन दलले कति सिट जिते ?
| दल | जितेको सिट |
|---|---|
| राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) | १२५ |
| नेपाली कांग्रेस | १८ |
| नेकपा एमाले | ९ |
| नेपाली कम्युनिस्ट पार्टी | ७ |
| श्रम संस्कृति पार्टी | ३ |
| राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) | १ |
| स्वतन्त्र | १ |
| कुल | १६५ |
रास्वपा सबैभन्दा ठूलो दल
प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ। रास्वपाले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट गरी कुल १२५ सिट जितेको छ। काठमाडौं उपत्यकासहित धेरै शहरी क्षेत्रमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको छ।
कांग्रेस दोस्रो स्थानमा
नेपाली कांग्रेसले १८ सिट जित्दै दोस्रो स्थानमा रह्यो। कांग्रेसले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सिट जितेको हो।
एमाले तेस्रो दल
नेकपा एमालेले ९ सिट जित्दै तेस्रो स्थान हासिल गरेको छ। एमालेले कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा जित निकाल्न सफल भएको छ।
अन्य दलको अवस्था
नेपाली कम्युनिस्ट पार्टीले ७ सिट, श्रम संस्कृति पार्टीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सिट जितेका छन्।
त्यस्तै गण्डकी प्रदेशको म्याग्दीबाट सामाजिक अभियन्ता महावीर पुन स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार अब समानुपातिकतर्फको मतगणना सकिएपछि प्रतिनिधिसभाको अन्तिम पूर्ण संरचना स्पष्ट हुनेछ।
कुन दलका उम्मेदवार कुन क्षेत्रबाट निर्वाचित (विवरण)
रास्वपा – १२५
कोशी प्रदेश
झापा
१ निशा डाँगी,
२ इन्दिरा राना मगर,
३ प्रकाश पाठक,
४ शम्भु प्रसाद ढकाल,
५ बालेन्द्र शाह,
मोरङ
१ यज्ञमणि न्यौपाने,
२ कृष्ण कुमार कार्की,
३ गणेश कार्की,
४ सन्तोष राजवंशी,
५ आशा झा,
६ रुबिना आचार्य
सुनसरी
२ लालबिक्रम थापा
३ अशोक कुमार चौधरी,
४ दीपक कुमार साह
ओखलढुंगा
१ विश्वराज पोखरेल
उदयपुर
१ पारसमणि गेलाल
२ सूर्यबहादुर तामाङ
मधेश प्रदेश
सप्तरी
१ पुष्पा कुमारी चौधरी,
२ रामजी यादव,
३ अमर कान्त चौधरी,
४ सिताराम साह,
सिराहा
१ बब्लु गुप्ता,
२ शिवशंकर यादव,
३ शम्भु कुमार यादव,
४ तपेश्वर यादव
धनुषा
२ रामविनोद यादव,
३ मनिष झा,
४ राजकिशोर महतो
महोत्तरी
१ प्रमोदकुमार महतो
२ दीपक कुमार साह,
३ उज्वल कुमार झा,
४ गौरी कुमारी
सर्लाही
१ नितिमा भण्डारी कार्की,
२ रबिन महतो,
३ नरेन्द्र साह कलवार
४ अमरेश कुमार सिंह
रौतहट
१ राजेश कुमार चौधरी
३ रविन्द्र पटेल
४ गणेश पौडेल
बारा
१ गणेश धिमाल,
२ चन्दन कुमार सिंह,
३ अरबिन्द साह,
४ रहवर अन्सारी,
पर्सा
१ बुद्धि प्रसाद पन्त,
२ सुशील कुमार कानु,
३ रामाकान्त प्रसाद चौरसिया,
४ टेकबहादुर शाक्य
बागमती प्रदेश
दोलखा
१ जगदीश खरेल
रामेछाप
१ कृष्णहरी बुढाथोकी,
सिन्धुली
१ धनेन्द्र कार्की,
२ आशिष गजुरेल
धादिङ
१ आशिका तामाङ,
२ बोधनारायण श्रेष्ठ,
नुवाकोट
१ विक्रम तिमिल्सिना,
२ अचुत्तम लामिछाने
काठमाडौं
१ रन्जु न्यौपाने,
२ सुनिल केसी,
३ राजुनाथ पाण्डे,
४ पुकार बम,
५ सस्मित पोखरेल,
६ शिशिर खनाल,
७ गणेश पराजुली,
८ विराजभक्त श्रेष्ठ,
९ डोलप्रसाद अर्याल,
१० प्रदीप विष्ट
भक्तपुर
१ रुकेश रञ्जित,
२ राजीव खत्री,
ललितपुर
१ बुद्धरत्न महर्जन,
२ जगदीश खरेल,
३ तोसिमा कार्की,
काभ्रेपलाञ्चोक
१ मधु कुमार चौलागाईं,
२ बदन कुमार भण्डारी,
सिन्धुपाल्चोक
१ भरत प्रसाद पराजुली,
मकवानपुर
१ प्रकाश गौतम,
२ प्रशान्त उप्रेती,
चितवन
१ हरि ढकाल,
२ रवि लामिछाने,
३ सोविता गौतम
गण्डकी
गोरखा
१ सुधन गुरुङ,
२ कवीन्द्र बुर्लाकोटी,
लमजुङ
१ धर्मराज केसी,
कास्की
१ खडकराज पौडेल,
२ उत्तम प्रसाद पौडेल,
३ बिना गुरुङ,
तनहुँ
१ स्वर्णिम वाग्ले,
२ श्रीराम न्यौपाने,
स्याङ्जा
२ झविलाल डुम्रे,
नवलपरासी (पूर्व)
१ राजन गौतम,
२ सुशील खड्का,
बाग्लुङ
२ सोम शर्मा,
पर्वत
१ सागर भुसाल
लुम्बिनी
गुल्मी
१ सागर ढकाल,
२ गोविन्द पन्थी
पाल्पा
२ माधव बहादुर थापा,
अर्घाखाँची
१ हरिप्रसाद भुसाल,
रुपन्देही
१ सुनिल लम्साल,
२ सुलभ खरेल,
३ डा. लेखजंग थापा,
४ कन्हैया बनिया,
५ तौफिक अहमद खान
कपिलवस्तु
१ मोहनलाल आचार्य,
२ विक्रम थापा,
प्युठान
१ सुशान्त वैदिक,
दाङ
१ देवराज पाठक,
२ विपिन कुमार आचार्य,
३ कमल सुवेदी,
बाँके
१ सुरेश कुमार चौधरी,
३ खगेन्द्र सुनार,
बर्दिया
१ ठाकुर सिंह थारु,
२ श्रीधर पोख्रेल,
नवलपरासी पश्चिम
१ विक्रम खनाल,
२ नरेन्द्र कुमार गुप्ता
कर्णाली
सुर्खेत
२ रमेश कुमार सापकोटा,
सुदूरपश्चिम
कैलाली
१ कोमल ज्ञवाली,
२ केपी खनाल,
३ जगतप्रसाद जोशी,
४ खेमराज कोइराला,
५ आनन्द बहादुर चन्द,
बैतडी
१ हरिमोहन भण्डारी,
डडेल्धुरा
१ ताराप्रसाद जोशी,
कञ्चनपुर
१ जनकसिंह धामी
२ दीपकराज बोहरा
३ ज्ञानेन्द्र सिंह महता
नेपाली कांग्रेस – १८
कोशी
पाँचथर
१ नरेन्द्र कुमार केरुङ,
इलाम
१ निश्कल राई,
तेह्रथुम
१ सन्तोष सुब्बा,
सोलुखुम्बु
१ प्रकाश सिंह कार्की
मधेश
रौतहट
२ मो. फिरदोश आलम,
बागमती
रसुवा
१ मोहन आचार्य,
गण्डकी
मनाङ
१ टेकबहादुर गुरुङ
मुस्ताङ
१ योगेश गौचन थकाली,
लुम्बिनी
पाल्पा
१ सन्दीप राना,
कपिलवस्तु
३ अभिषेक प्रताप शाह,
कर्णाली
मुगु
१ खड्ग शाही,
हुम्ला
१ जयपति रोकाया,
जाजरकोट
१ खडक बहादुर बुढा,
दैलेख
१ बासना थापा,
सुर्खेत
१ विष्णु बहादुर खड्का,
सुदूरपश्चिम
बाजुरा
१ जनकराज गिरी,
अछाम
१ भरत कुमार स्वार
डोटी
१ भरतबहादुर खड्का
नेकपा एमाले – ९
कोशी
ताप्लेजुङ
१ क्षितिज थेवे,
इलाम
२ सुहाङ नेम्बाङ,
धनकुटा
१ राजेन्द्र कुमार राई,
संखुवासभा
१ अर्जुन कुमार कार्की
लुम्बिनी
बाँके
२ मोहम्मद इश्तियाक राई,
कर्णाली
दैलेख
२ लक्ष्मी प्रसाद पोखरेल
सुदूरपश्चिम
अछाम
२ यज्ञबहादुर बोगटी,
बझाङ
१ ऐनबहादुर महर
दार्चुला
१ गणेश सिंह ठगुन्ना
नेपाली कम्युनिस्ट पार्टी – ७
बागमती
सिन्धुपाल्चोक
२ युवराज दुलाल,
लम्बिनी
रुकुम पूर्व
१ पुष्पकमल दाहाल प्रचण्ड,
रोल्पा
१ वर्षमान पुन,
कर्णाली
सल्यान
१ रमेश कुमार मल्ल,
डोल्पा
१ धनबहादुर बुढा,
कालिकाट
१ महेन्द्र बहादुर शाही
रुकुम पश्चिम
१ गोपाल शर्मा
श्रम संस्कृति पार्टी – ३
कोशी
भोजपुर
१ ध्रुवराज राई,
सुनसरी
१ हर्कराज राई
खोटाङ
१ आरेन राई
राप्रपा १
कर्णाली
जुम्ला
१ ज्ञानबहादुर शाही
स्वतन्त्र – १
गण्डकी
म्याग्दी
१ महावीर पुन




















