काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचन २०८२ बाट निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सिंहदरबारस्थित सिंहदरबारमा रहेको कानुन न्याय तथा मानव अधिकार समितिको हलमा आयोजित समारोहमा नारायणप्रसाद दाहालले नव निर्वाचित सदस्यहरूलाई शपथ गराएका हुन्।
माघ ११ गते भएको निर्वाचनबाट १८ जना नयाँ सांसद निर्वाचित भएका थिए। ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ। सोहीअनुसार २० फागुनमा १९ जना सांसदको कार्यकाल सकिएको थियो। रिक्त एक सिट भने सरकारको सिफारिसमा नेपालका राष्ट्रपतिबाट मनोनयन हुने प्रावधान रहेको छ।
निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल भएको थियो।
तालमेलअनुसार विभिन्न प्रदेशबाट निर्वाचित सांसदहरू यसप्रकार छन्:
- कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल
- मधेश प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रन्जित कर्ण र रेखा झा
- बागमती प्रदेशबाट गीता देवकोटा र प्रेम दंगाल
- गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा
- लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी
- कर्णाली प्रदेशबाट ललितजंग शाही र मिना रखाल
- सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी
निर्वाचित भएका थिए।



















