काठमाडौँ । सुशील पोखेरेलको फिल्म ‘परालको आगो’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजर अनुसार नेपाली समाजको यथार्थ घटनामा आधारित फिल्मले ग्रामीण परिवेश, परम्परागत टोकरी र पहाडी पृष्ठभूमिमा हुने गरेका नेपाली समाजको कथालाई समेटेको छ ।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय रहेको छ।
सुशील पोखरेलको लगानी रहेको यस फिल्मलाई सुशील देवकोटाले लेखेका छन्। आगामी बैशाख ११ गतेबाट प्रदर्शन हुने फिल्मलाई नेपालभर आरआर फिल्मसले वितरण गर्नेछ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशनमा निर्माण भएको थियो। सोही अनुसार कथालाई नमारिकन नयाँ र उत्कृष्ट रुपमा पुन निर्माण गरिएको निर्माता पोखरेलले बताएका छन् ।




















