काठमाडौँ । सेयरबजार निर्वाचनको सकारात्मक प्रभाव देखिएको छ । आज तेस्रो पटक सर्किट लागेपछि कारोबार बन्द भएको छ । नेप्से सूचक ६ प्रतिशतको वृद्धि भएसँगै कारोबार बन्द गरिएको हो।
चुनावपछिको पहिलो कारोबार खुलेको १ मिनेटमै ४ प्रतिशत नेप्से बढेपछि पहिलो सर्किट लागेर २० मिनेटका लागि बन्द भएको थियो।
त्यसपछि पुन ११ बजेर २१ मिनेटमा पुन ५ प्रतिशतले नेप्से बढेर बजारमा दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किटपछि बजार ४० मिनेटका लागि बन्द भएको थियो।
पुनस् तेस्रो पटक १२ बजेर १ मिनेटमा खुलेको बजार एक मिनेटमै तेस्रो सर्किट लागेर बन्द भएको हो। यो अवधिमा ५१ करोडको मात्रै कारोबार भएको छ भने २५२ वटाको मूल्य बढेको छ।
फागुन २१ गतेको निर्वाचन पछि सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो ।



















