काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि देखिएको छ।
प्रत्यक्षमा जस्तै सार्वजनिक विवरणअनुसार रास्वपाले आइतबार राती ८ बजेसम्म २६५६८०२ मत प्राप्त गरिसकेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांंग्रेसले ८९४७७७ मत पाएको छ । नेकपा एमालेले ७६९३५२ मत प्राप्त गरेको छ। त्यस्तै नेकपाले ३६८८७२ प्राप्त गरेको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १९१४९७ मत पाएको छ । श्रम संस्कृति पार्टीले १३९३४६ प्राप्त गरेको छ । जसपा नेपालले ६७१६७ पाएको छ भने राष्ट्रिय परिवर्तन पार्टी (रापप) ले ५९१२४ प्राप्त गरेकाे छ । त्यसैगरी जनमतले ३००९५ मत प्राप्त गरेको छ भने नेपाल मजदुर किसान पार्टीले ३००१४ मत प्राप्त गरेको छ ।




















