झापा । नेकपा एमालेको युवा संगठन ‘नेसनल भोलेन्टियर फोर्स’ (एनभिएफ) को कोसी प्रदेशस्तरीय भेला आज झापाको दमकमा आयोजना हुँदैछ।
भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। भेलामा कोसी प्रदेशका विभिन्न जिल्लाबाट एनभिएफका कार्यकर्ताहरू सहभागी हुनेछन्।
फोर्सका प्रदेश संयोजक राजकुमार थापाका अनुसार करिब ५० हजार युवालाई आज दमकमा उतार्ने तयारी गरिएको छ। उनले झापा–५ क्षेत्रका मतदाताको उल्लेखनीय सहभागिता रहने बताए।
सभामा गायक बैकुण्ठ महत को टोलीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको आयोजकले जनाएको छ।
दमक–७ स्थित पशु हाटमा आयोजना हुने कार्यक्रम सोमबार दिउँसो ११ बजेदेखि सुरु हुनेछ। भेलामा फोर्सका केन्द्रीय कमाण्डर पुष्पराज श्रेष्ठ पनि सहभागी हुनेछन्।




















