काठमाडौँ । सङ्खुवासभा जिल्लाको रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ७:३१ बजे ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो। भूकम्पबाट भएको क्षतिको विवरण हालसम्म प्राप्त हुन सकेको छैन।
यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो।
नेपाल हिमाली भू–भागमा पर्ने भएकाले यहाँ विभिन्न समयमा भूकम्प जाने गरेको भू–वैज्ञानिकहरूले बताएका छन्।


















