काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमा महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण मौसममा फेरबदल आएको छ।
महाशाखाका अनुसार अहिले तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी भेगमा बादल देखिन थालेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अन्य स्थानमा मौसम सामान्यतया सफा नै रहेको छ ।
आज दिउँसो देशभरको मौसममा केही परिवर्तन आउने देखिएको छ । सुदूरपश्चिम प्रदेशसहित देशका अन्य पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ ।
यस्तै, तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरोको प्रभाव रहनेछ । जसका कारण जनजीवन र यातायातमा सामान्य असर पर्न सक्ने सम्भावना छ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।




















