काठमाडौँ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको आदेशअनुसार उनलाई रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले जानकारी दिए ।
प्रहरीले प्रसाईंलाई शुक्रबार काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलबाट पक्राउ गरेको थियो। काठमाडौँबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला उनलाई नियन्त्रणमा लिइएको थियो।
प्रसाईं पछिल्लो समय ‘पहिला हिन्दु अधिराज्य, त्यसपछि मात्रै निर्वाचन’ भन्ने अभिव्यक्ति दिँदै आएका थिए । यही क्रममा उनले माघ १९ गते चितवनमा आयोजित कार्यक्रममा राजसंस्था पुनःस्थापना नभएसम्म निर्वाचन हुन नसक्ने दाबी गरेका थिए ।




















