
सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ का जेनजी युवाको सूर्य चिन्हमा आकर्षण बढेको छ । नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको काम देखेर भरोषायोग्य उम्मेदवार भगवती दिदी नै हो भन्दै भगवती जिताउ अभियानमा सरिग हुन थालेका छन ।
सुनसरी बर्जु १ की जेनजी सिता कुमारी मेहताका परिवारका सबै सदस्य काँग्रेसमा छन तर उनी एमाले प्रबेश गरेका छन् । मेहता भन्छन् “भगबती दिदी सबैका कुरा सुन्नुहुन्छ महिलाका लागि धेरै लडनुभएको छ । उहाँ गरिब बिपन्न बर्गको हितका लागि गरेका कामले मलाई उहाँकै नेतृत्वमा अघि बढन मन लाग्यो ।”
दुहबी ८ नम्बरका जेनजी युवाहरुले त भगबती चौधरीलाई जिताउन युवा समूहनै बनाएका छन । उनीहरु भन्छन “हामी भाषण होइन, परिणाम खोज्छौ । भगबती चौधरीले दुई हजारलाई रोजगार दिलाउनुभएको छ । युबालाई प्रबिधि सिकाएर घरमै बसिबसि आम्दानी गर्न सक्ने बनाउछु भन्नुभएको छ । उहाँले गरेको काम देखेर हामी जिताउने अभियानमा लाग्यौ ।”
भगबती चौधरीले घोषणा पत्र बनाउने क्रममा पनि युबासँग निरन्तर सल्लाह लिइरहेकी छिन् । उनले युबामैत्री घोषणा पत्र ल्याउने बताएकी छिन् ।
आधुनिक सूचना प्रविधिमार्फत युवालाई दक्ष बनाउँदै घरमै बसेर स्वरोजगार सिर्जना गर्न सकिने योजनासहित आफू अघि बढेको नेतृ चौधरीले बताइन् । उनले “डिजिटल सीप, घरमै रोजगारी” भन्ने नारा अघि सारेकी छिन् ।
सुनसरी–३ बाट अघिल्लो निर्वाचनमा भगवती चौधरी नेपाली कांग्रेसका विजय कुमार गच्छेदारलाई पराजित गर्दै निर्वाचित भएकी थिइन् । उनले गच्छेदारभन्दा ५ हजार १ सय ८८ धेरै मत प्राप्त गरेकी छिन् ।




















