सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मामाथि कारबाही प्रक्रिया अघि बढाएको छ।
प्रदेशसभा सदस्यसमेत रहेका शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा संलग्न भएपछि नेकपाले उनलाई सांसद पदबाट हटाउने तयारी गरेको हो।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शर्मालाई लिखित स्पष्टीकरण सोधेका छन्। माघ २२ गते २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाइएको भए पनि शर्माले हालसम्म जवाफ नदिएको बताइएको छ।
पार्टी अनुशासन विपरीत गतिविधिमा संलग्न भएको भन्दै उनलाई पार्टी सदस्य तथा संसदीय दलको सदस्यबाट किन नहटाउने भन्ने विषयमा स्पष्टीकरण मागिएको हो।
शर्मा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट रुकुम पश्चिम निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।





















