काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको आज विहान ९७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।
स्वास्थ्य केही दिनयता जटिल बनेपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा भर्ना गरिएको थियो ।
डा. भट्टराईको सचिवालयका अनुसार, भोजप्रसादको अन्त्यष्टि आज बिहान ११ बजे पशुपतिस्थित विद्युत् शवदाह गृहमा हुनेछ ।




















