काठमाडौं । संघीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको छ। नयाँ वरियताअनुसार यसअघि तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौं नम्बरमा पुगेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहपछिको दोस्रो वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत रहेका छन्। तेस्रो स्थानमा परराष्ट्रमन्त्री शिशिर खनाल उक्लिएका छन् भने चौथोमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन्।
पाँचौं वरियतामा गृहमन्त्री गुरुङ परेका छन् भने छैटौं स्थानमा भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री सुनिल लम्साल छन्। सातौं वरियतामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम रहेकी छन्।
त्यसपछि क्रमशः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी, संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहता, शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल रहेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल बाह्रौं स्थानमा छन्। त्यसपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना तथा कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरी रहेका छन्।
वरियताको अन्तिम स्थानमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साह रहेका छन्।





















