काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचन सुरक्षामा कुनै पनि प्रकारको कमी कमजोरी हुन नदिन मातहतका निकायलाई कडाइका साथ निर्देशन दिएका छन्।
विभिन्न कार्यालयमा प्रमुखको जिम्मेवारी सम्हाल्न लागेका अधिकृतहरूलाई निर्देशन दिँदै उनले निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरे। भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा उनले जोड दिए।
आईजीपी अर्यालले कमजोर कमाण्ड तथा गल्ती गर्ने कमाण्डरमाथि तत्काल कारबाही गरिने स्पष्ट पारे। साथै, उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।
पदीय जिम्मेवारीमा रहँदा बदमासी तथा अनुशासनहीन गतिविधिमा संलग्न पाइएमा तत्काल कारबाही हुने चेतावनी पनि उनले दिएका छन्।
त्यसैगरी, उनले राजस्व चुहावट नियन्त्रणलाई अझ प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्नेमा समेत जोड दिएका छन्।




















