नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन् ।
झापाको बिर्तामोडस्थित निभी आदर्श कलेजका विद्यार्थी बोकेको ग १ ख ९५४६ नम्बरको बस बुधबार दिउँसो दुर्घटनामा परेको हो । शैक्षिक भ्रमणमा आएका कक्षा १२ मा अध्ययनरत ३५ जना विद्यार्थी बोकेर पोखराबाट गैँडाकोटतर्फ आउँदै गरेको बसको ब्रेक फेल भएर भित्तामा ठोक्किएको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका विद्यार्थीमध्ये चारजनाको स्थानीय बुलिङटार अस्पतालमा उपचार भइरहेका तथा दुईजनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको खड्काले बताए ।
दुर्घटनामा परी घाइते भएका झापाको बिर्तामोड नगरपालिका–८ का १८ वर्षीया छात्रा उन्नती पाठक र १८ वर्षीय गगन नेचेलाई थप उपचारका लागि भरतपुर पठाइएको उनले बताए ।
र्घटनामा परी घाइते भएका १८ वर्षीय अनिल जयसवाल, १८ वर्षीय अंकित सिटौला, १८ वर्षीय साङनुमा लिम्बू र १७ वर्षीया पवित्रा गुरुङको स्थानीय बुलिङटार अस्पतालमा उपचार भइरहेको खड्काको भनाइ छ । बस र बस चालक इलाका प्रहरी कार्यालय बुलिङटारको नियन्त्रणमा छन् । (रासस)



















