झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट झापा–५ मा उम्मेदवारी दर्ता गराएका लक्ष्मीप्रसाद संग्रौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाएका छन्।
जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै संग्रौलाले मंगलबार उम्मेदवारी दर्ताका क्रममा आचारसंहिता विपरीत गतिविधि भएको दाबी गरे।
उनका अनुसार उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय जाँदा बालेन शाहका समर्थकहरूको ठूलो भीड उपस्थित थियो, जबकि निर्वाचन आयोगले तडकभडक नगरी उम्मेदवारी दर्ता गर्न सबै दललाई आग्रह गरेको थियो।




















