सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले पदबाट राजीनामा दिएका छन्। आइतबार बेलुका उनले उपमेयर अइन्द्रबिक्रम बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
मेयरको रूपमा आफ्नो कार्यकालमा श्रम संस्कृतिको प्रवर्द्धन, भ्रष्टाचारविरुद्धको अभियान, सार्वजनिक सेवा सुधार तथा स्थानीय स्रोतसाधनको संरक्षणमा जोड दिएको उल्लेख गर्दै उनले धरानको विकास यात्रामा नागरिकको सक्रिय सहभागिता महत्वपूर्ण रहेको बताए।
सम्पाङको राजीनामासँगै धरान उपमहानगरपालिकामा नेतृत्व रिक्त भएको छ। अब उपमेयर अइन्द्रबिक्रम बेघाले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्ने छन्। स्थानीय राजनीतिमा स्पष्ट धारणा र फरक शैलीका कारण चर्चित रहेका हर्क सम्पाङको संघीय निर्वाचन यात्रालाई धरान र सुनसरीको राजनीतिक वृत्तले चासोका साथ हेरेका छन्।


















