खोटाङ । गत बिहीबार भएको प्रतिनिधिसभा सदस्यमा खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन् । राईको विजयसँगै श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा निर्वाचनमा पहिलो खाता खोलेको छ ।
उनी १६ हजार ६१२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरे ।
यसैगरी, नेपाली कांग्रेस्का वीरकाजी राई ११ हजार ९५७ मत ल्याएर तेस्रो स्थानमा रहँदा नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत प्राप्त गरे ।



















