काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाएका छन्। बैठक ओलीको गुन्डुस्थित निवासमा बस्ने तय भएको छ।
बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुने जनाइएको छ। बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
बैठकमा आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने एमालेले जनाएको छ ।




















