बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । जिल्लाको पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बड्गाउँ मोडबाट बस दुर्घटनामा परेको हो ।
पवनदुत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस साँझ ८ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी दिपक कुमार रायले जानकारी दिए ।
उक्त बस जन्ती बझाङको सुनकुडातर्फ फर्किदै गरेको बुझिएको छ । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ।
पूर्ण विवरण आउन बाँकी रहेको छ । स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेका छन् ।

















