काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ ।
पार्टी सचिव महेश बस्नेतका अनुसार केन्द्रीय कमिटी सदस्यमा मनोनीत हुनेहरूमा शृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्बुहाङ, नवीन रोका, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी रहेका छन्।
बैठकले बाँकी एजेन्डामा भने उपयुक्त समयमा अध्यक्षले बैठक बोलाएर निर्णय गर्ने टुंगो लगाएको सचिव बस्नेतले जानकारी दिएका छन् ।




















