काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने जनाइएको छ।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुने भएकी छन्। हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनीत गरेको थियो।
वरिष्ठ नेताको जिम्मेवारी पाएपछि भण्डारी स्थायी कमिटी बैठकमा सहभागी हुन लागेको यो पहिलोपटक हो। राष्ट्रपति बन्नुअघि उनी एमालेकी उपाध्यक्ष थिइन्।
बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आगामी कार्यदिशा तथा संगठनात्मक विषयमा छलफल हुने बताइएको छ।



















