काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् ।
बेलायती सेनाका चिफ अफ जनरल स्टाफ रोय वाकरको निमन्त्रणमा आज बेलायत प्रस्थान गरेका उनी असोज २५ गते स्वदेश फर्किने बताइएको छ ।
सिग्देललाई बलाधिकृत रथी प्रदीप जंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन् । यस किसिमको भ्रमणले दुई देशको आपसी सम्बन्ध तथा सैनिक कुटनीतिकमार्फत नेपालको पराष्ट्र नीतिलाई समेत योगदान पुग्ने नेपाली सेनाले जनाएको छ ।
उनको अनुपस्थितीमा बलाधिकृत रथी केसीले कायम मुकामय प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।




















