भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित कवाडी गोदाममा तार सर्ट हुँदा ग्यास पड्किएर आगलागी भएको छ।
कपाली टोलमा रहेको कवाडी भण्डारण गोदाममा तार सर्ट भएपछि आगलागी सुरु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरीका अनुसार हालसम्म आगलागीबाट मानवीय क्षति भएको जानकारी आएको छैन। आगलागी नियन्त्रणका लागि भक्तपुर नगरपालिकालगायत विभिन्न स्थानबाट दमकल घटनास्थलतर्फ पठाइएको छ।




















