काठमाडौँ । सह-आयोजक क्यानडालाई ३–० को फराकिलो गोल अन्तरले स्तब्ध पार्दै मोरक्को फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । यो जितसँगै मोरक्को विश्वकपको इतिहासमा एकभन्दा बढी पटक क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । अब सेमिफाइनल प्रवेशका लागि मोरक्कोले फ्रान्सको सामना गर्नेछ ।
पहिलो हाफमा क्यानडाले निकै दबाब बनाए पनि मोरक्कोका गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारेका थिए । विशेष गरी क्यानडाका फरवार्ड तानी ओलुवासेयीको प्रहारलाई बोनोले विफल पारेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मोरक्कोले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ५० औं मिनेटमा अचरफ हाकिमीको फ्रिकिक पासमा अजेदिन उनाहीले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए ।
क्यानडाले खेललाई बराबरीमा ल्याउन प्रयास गरिरहँदा ८२ औं मिनेटमा मोरक्कोले काउन्टर अट्याकमा दोस्रो गोल थप्यो । ब्राहिम डियाजको पासमा उनाहीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । खेलको इन्जुरी समयको आठौं (९८ औं) मिनेटमा सुफियान राहिमीले अर्को गोल थप्दै मोरक्कोलाई ३–० को सानदार जित दिलाए ।
विश्वकपको नकआउट चरणमा कुनै पनि अफ्रिकी देशले हात पारेको कुल ८ जितमध्ये ४ जित मोरक्को एक्लैको नाममा दर्ता भएको छ । क्यामरुन, सेनेगल, घाना र इजिप्टको नाममा समान १–१ जित छ । यस पराजयसँगै प्रतियोगिताका तीन सह-आयोजक देशमध्ये क्यानडा बाहिरिने पहिलो टोली बनेको छ ।