काठमाडौँ । सरकारले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दललाई अनुदान दिने घोषणा गरेको छ ।
शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार गत निर्वाचनमा प्राप्त मतको आधारमा राष्ट्रिय दललाई अनुदान उपलब्ध गराउने विषयमा व्यापक छलफल अघि बढाइनेछ ।
सरकारले राजनीतिक दललाई संस्थागत, उत्तरदायी र व्यवस्थित बनाउन राज्यको तर्फबाट सहयोग गर्ने अवधारणा अघि सारेको जनाएको छ ।




















