काठमाडौँ । इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको पाङ्ग्रामा अवतरणको क्रममा आगो लागेपछि आज बिहान ७ बजे देखि होल्ड भएको विमानस्थलमा डेढ घण्टापछि उडान सञ्चालनमा आएको छ ।
टर्किस एयरको जहाज रनवेबाट हटाएपछि त्रिभुवन विमानस्थलमा जहाज उडान–अवतरण सुरु भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमानको पाङ्ग्रामा आगो देखिएको थियो । आगो दमकलको सहायतामा निभाइएको थियो भने यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर सकुशल ओरालिएको थियो । सो विमानमा ४ बच्चासहित २७७ यात्रु थिए ।
सो घटनापछि होल्ड गरिएको विमानस्थलबाट डेढ घण्टपछि उडान सुरु भएको छ । उडान रोकिँदा यात्रुहरु विमानस्थलमै खचाखच भएका थिए ।
स्तानबुलबाट काठमाडौं आएको त्प्ठद्दट विमानमा विमान धावनमार्गमै रोकिएका कारण अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको थियो ।




















