काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
पार्टीका अनुसार बैठक यही वैशाख २१ गते (सोमबार) बस्ने तय भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा सहभागी हुन आग्रह गरिएको छ ।
यद्यपि, बैठकका एजेन्डाबारे भने हालसम्म औपचारिक जानकारी सार्वजनिक नगरिएको पार्टीले जनाएको छ ।




















