काठमाडौं । प्रतिनिधि सभाको बैठकमा फोटो खिच्न तथा अडियो, भिडियो रेकर्ड गर्न रोक लगाईने भएको छ। प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको नयाँ मस्यौदामा यस्ताे व्यवस्था गरिएको हो।
नियमावलीको नियम २० मा यो नयाँ व्यवस्था गरिएको हो। उक्त नियमको बैठकमा पालन गर्नुपर्ने नियम शीर्षकको उपनियम (ट)मा लेखिएको छ, ‘बैठक कक्षमा फोन साइलेन्ट अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्ने तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले मङ्गलबार प्रतिनिधिसभा कार्य सञ्चालन नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाएका छन्। पराजुली सभापति रहेको समितिले उक्त मस्यौदालाई अन्तिमरुप दिएको हो।
मस्यौदा बुझ्दै सभामुख अर्यालले प्रक्रियागत रूपमा नियमावली पारित गरिने बताए । (रासस)




















