काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार अपरेशन सकिएपछि ओलीलाई अपरेशन थिएटरबाट वार्डमा सार्ने तयारी भइरहेको छ।
उनले शल्यक्रियाबारे विस्तृत जानकारी केहीबेरमै प्रेस नोटमार्फत सार्वजनिक गरिने पनि बताएका छन्।




















