काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य भरतकुमार शाहलाई केन्द्रीय लेखा समितिको संयोजक नियुक्त गरेको छ ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
कांग्रेसको विधान २०१७ को धारा ३८ उपधारा (१) अनुसार सभापति गगन थापाले शाहको नाम संयोजकका लागि प्रस्ताव गरेका थिए, जसलाई बैठकले अनुमोदन गरेको हो।
यसैगरी, बैठकले केन्द्रीय लेखा समितिमा विषयगत विज्ञताका आधारमा थप चार सदस्य नियुक्त गर्ने अधिकार सभापति थापालाई दिने निर्णय पनि गरेको छ।




















