काठमाडौं । निर्वाचनको मिति नजिकिएसँगै सेयर बजारमा हरियाली छाएको छ। साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेको हो। यसदिन ३२८ वटा स्क्रिप्सको ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६१३ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये २१३ वटा स्टक्सको मूल्य बढ्दा ४२ वटाको घट्यो। बाँकी ६ वटाको मूल्य स्थिर रह्यो। यसदिन सलपा विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
यस्तै रिलायन्स स्पिनिङ मिल्सको सेयर ९.३१ प्रतिशतले बढ्दा हिमालयन पावर पार्टनरको ९.१५ ,सागर डिस्टिलरीको ८.९६ र बन्दिपुर केवलकार एण्ड टुरिजमको ८.३४ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा एसवाइ प्यानल शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३७ करोड ७२ लाख मूल्य बराबरको सेयर कारोबार भयो। आँखु खोला जलविद्युत कम्पनीले २४ करोडको सेयर कारोबार गर्दा राधी विद्युत कम्पनीले १६ करोड,नगदी ग्रुप पावरको १५ करोड र रिडी पावरले ११ करोडको सेयर कारोबार गर्यो।
यसदिन सबै समूहको उपसूचक सकारात्मक देखिए। होटल्स एण्ड टुरिजम समूहको उपसूचक सर्वाधिक दुई प्रतिशतले बढ्यो। डेभलपमेन्ट बैंक,हाइड्रोपावर,मनु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक १ प्रतिशत बढीले वृद्धि भयो।




















