काठमाडौं । सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक २०.५ अंकले घटेर २६४२.१५ विन्दुमा अडिएको हो।
यसदिन ३५४ स्क्रिप्सको २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार ५५५ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ४२ वटा स्टक्सको मूल्य बढ्दा २१४ वटाको घट्यो। बाँकी ६ वटा स्टक्सको मूल्य स्थिर रह्यो। आज २ वटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भयो। रिडी पावर र आँखुखोलाको सेयर सर्किट लेभलमा कारोबार भएको हो। कारोबार रकमका आधारमा रिदी पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५३ करोड ३६ लाख मूल्य बराबरको सेयर कारोबार भएको छ।



















