काठमाडौं । सेयर बजारमा आज सामान्य अंकको सुधार आएको छ। साताको पहिलो कारोबार दिनदेखि लगातार घटेको बजार आज सामान्य अंकको सुधार देखिएको हो। नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा अडिएको छ।
यसदिन ३३७ स्क्रिप्सको २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता सेयर ११ अर्ब १० करोड २५ लाख ५० हजार ९६६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १३८ वटा स्टक्सको मूल्य बढ्दा ११६ वटाको घट्यो। बाँकी ६ वटा स्टक्सको मूल्य स्थिर रह्यो।
आज दुईवटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भयो। मध्यभोटेकोशी र रसुवागढी जलविद्युत आयोजनाको सेयर सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा ङ्यादी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ७० करोड ५३ लाख मूल्य बराबरको सेयर कारोबार गर्यो ।




















