कोलम्बो । श्रीलङ्काको गम्पाहा उच्च अदालतले सन् २०२२ मा तत्कालीन सांसद अमराकिर्थी अथुकोराला र उनका एक सुरक्षा अधिकारीलाई हत्या गरेको कसुरमा १२ जनालाई बुधबार मृत्युदण्डको सजाय सुनाएको छ।
कुल ४२ जनालाई अभियोग लगाइएको यो मुद्दामा एक विस्तारित सुनुवाइपछि फैसला गरिएको हो।
मृत्युदण्ड सजायका अतिरिक्त अदालतले अन्य ४ व्यक्तिलाई ६ महिनाको जेल सजाय सुनाएको छ। २३ जनालाई भने अदालतले सफाइ दिएको छ।
घटना सन् २०२२ मेमा राष्ट्रव्यापी अशान्तिको समयमा भएको थियो।
रिपोर्टअनुसार हत्या गरिएका सांसद अमराकिर्थी अथुकोराला र उनका सुरक्षा अधिकारीले आक्रोशित प्रदर्शनकारीमाथि गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका थिए।
त्यसै दिन गोली चलेको स्थान नजिकैको भवनमा सांसद अमराकिर्थी र उनका सुरक्षाकर्मी हत्या गरिएको अवस्थामा फेला परेका थिए। (रासस/सिन्ह्वा)




















