काठमाडौं । साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा अडिएको छ। नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकम भने सोमबारको तुलनामा वृद्धि भएको छ।
यसदिन ३२२ वटा स्क्रिप्सको १ करोड ८७ लाख ३ हजार १८३ कित्ता सेयर ८ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ८ अर्ब २२ करोड बराबरको सेयर कारोबार भएको थियो। कारोबारमा आएकामध्ये ६६ वटा स्टक्सको मूल्य बढ्दा १९० वटाको घट्यो। तीनवटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किल लेभलमा कारोबार भयो। कालिञ्चोक दर्शनको सेयर १० प्रतिशतले बढ्दा एचएलआई लार्ज क्याप फण्डको सेयर ९.९५ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्षस्थानमा रह्यो। सो कम्पनीले ५९ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। यस्तै आँखु खोला जलविद्युतले ४१ करोडको सेयर कारोबार गर्दा युनियन हाइड्रोपावरको ३२ करोड,पिपुल्स पावरको २५ करोड र बन्दिपुर केवलकार एण्ड टुरिजमको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
१० समूहको उपसूचक घट्दा तीनवटा समूहको उपसूचक नकारात्मक देखिएका छन्। होटल्स एण्ड टुरिज,मनु एण्ड प्रो र म्युचुअल फण्डको उपसूचक बढ्दा बाँकी समूहको उपसूचक घटेको हो।



















