काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएका छन्। माघ ६ गते देशभर एकैपटक मनोनयन दर्ता सम्पन्न भएको हो।
निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ता भएका उम्मेदवारीमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला र १ जना अन्य रहेका छन्। प्रारम्भिक विवरण भएकाले उम्मेदवारको सङ्ख्यामा सामान्य हेरफेर हुन सक्ने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन कार्यतालिकाअनुसार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दाबी–विरोधका उजुरी दर्ता गर्न सकिनेछ। सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ तथा निर्णय हुनेछ।
माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। त्यस्तै, माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ।



















