काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्नका लागि प्रमुख पाण्डेले राजीना बुझाएको बुझिएको छ ।
उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष राजीनामा पत्र बुझाए पनि स्वीकृत हुन बाँकी रहेको छ । राजीनामा स्वीकृतिका लागि अधिकृत गुरागाईँले मेयर बालेन शाहसमक्ष सिफारिस गर्नेछन् ।
उनलाई मेयर शाहले रास्वपाबाट काठमाडौं ४ बाट उम्मेदवार बनाउने तयारी गरेको स्रोतको दावी छ । मेयर बालेनले पनि माघ ४ गते पदबाट राजीनामा दिएर निर्वाचनमा होमिने तयारी गरेका छन् ।




















