काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार ४.९० अंकले बढेको नेप्से परिसूचक यसदिन १.५२ अंकले बढेर २६४१.४३ विन्दुमा अडिएको छ। नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ।
यसदिन ३२० वटा स्क्रिप्सको १ करोड २५ लाख ४ हजार ९७० कित्ता सेयर ६ अर्ब २० करोड ९४ लाख ३८ हजार ९०६ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ६ अर्ब ९९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
सुपर मादी हाइड्रोपावरको सेयर सर्वाधिक ९.९४ प्रतिशतले बढ्दा थ्री स्टार हाइड्रोपावरको ८.२३,एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको ७.३४,गुडविल फाइनान्सको ५.७३ र सिटीजन्स म्युचुल फण्डको ४.९० प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीले २६ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। युनियन हाइड्रोपावरले २३ करोडको सेयर कारोबार गर्दा एसवाइ प्यानल नेपालले २२ करोड,मञ्जुश्री फाइनान्सको २१ करोड र दोर्दी खोला जल विद्युत कम्पनीको १९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये १२५ वटा स्टक्सको मूल्य बढ्दा १२४ वटाको घट्यो। ११ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। ९ समूहको उपसूचक बढ्दा ४ वटाको घट्यो ।



















