काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ १५ पैसा र बिक्रीदर १४४ रुपियाँ ७५ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ४० पैसा र बिक्रीदर १६९ रुपियाँ १० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपियाँ सात पैसा र बिक्रीदर १९४ रुपियाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपियाँ ३० पैसा र बिक्रीदर १८२ रुपियाँ पाँच पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ३६ पैसा र बिक्रीदर ९६ रुपियाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ७० पैसा र बिक्रीदर १०५ रुपियाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ९९ पैसा र बिक्रीदर ११२ रुपियाँ ४६ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २० पैसा र बिक्रीदर नौ रुपियाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ६४ पैसा र बिक्रीदर २० रुपियाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ४३ पैसा र बिक्रीदर ३८ रुपियाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ५५ पैसा र बिक्रीदर ३९ रुपियाँ ७१ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६० पैसा र बिक्रीदर चार रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ २५ पैसा र बिक्रीदर ३९ रुपियाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ४० पैसा र बिक्रीदर ३५ रुपियाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९६ पैसा र बिक्रीदर १० रुपियाँ , स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६३ पैसा र बिक्रीदर १५ रुपियाँ ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ५४ पैसा र बिक्रीदर २२ रुपियाँ ६४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ ५१ पैसा र बिक्रीदर १८ रुपियाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४६९ रुपियाँ छ पैसा र बिक्रीदर ४७१ रुपियाँ एक पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपियाँ ३९ पैसा र बिक्रीदर ३८३ रुपियाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपियाँ ४३ पैसा र बिक्रीदर ३७५ रुपियाँ ९८ पैसा रहेको छ ।
यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।




















