काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ४७ पैसा र बिक्रीदर १४४ रुपियाँ ०७ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ९९ पैसा र बिक्रीदर १६९ रुपियाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ५८ पैसा र बिक्रीदर १९४ रुपियाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपियाँ ७३ पैसा र बिक्रीदर १८२ रुपियाँ ४९ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ १८ पैसा र बिक्रीदर ९६ रुपियाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ८७ पैसा र बिक्रीदर १०५ रुपियाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ७४ पैसा र बिक्रीदर ११२ रुपियाँ २० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ १७ पैसा र बिक्रीदर नौ रुपियाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ४८ पैसा र बिक्रीदर २० रुपियाँ ५६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ २५ पैसा र बिक्रीदर ३८ रुपियाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ३५ पैसा र बिक्रीदर ३९ रुपियाँ ५२ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६२ पैसा र बिक्रीदर चार रुपियाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ०६ पैसा र बिक्रीदर ३९ रुपियाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ४४ पैसा र बिक्रीदर ३५ रुपियाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९३ पैसा र बिक्रीदर नौ रुपियाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६४ पैसा र बिक्रीदर १५ रुपियाँ ७० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६२ पैसा र बिक्रीदर २२ रुपियाँ ७२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४६ पैसा र बिक्रीदर १८ रुपियाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपियाँ ९६ पैसा र बिक्रीदर ४६८ रुपियाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपियाँ ३६ पैसा र बिक्रीदर ३८१ रुपियाँ ९५ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपियाँ ६४ पैसा र बिक्रीदर ३७४ रुपियाँ २० पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

























