काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ३६ पैसा र बिक्रीदर १४३ रुपियाँ ९६ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ९४ पैसा र बिक्रीदर १६९ रुपियाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ८७ पैसा र बिक्रीदर १९४ रुपियाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपियाँ ०३ पैसा र बिक्रीदर १८२ रुपियाँ ७९ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ०६ पैसा र बिक्रीदर ९६ रुपियाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ८१ पैसा र बिक्रीदर १०५ रुपियाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ६३ पैसा र बिक्रीदर ११२ रुपियाँ ०९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २० पैसा र बिक्रीदर नौ रुपियाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ४६ पैसा र बिक्रीदर २० रुपियाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ २२ पैसा र बिक्रीदर ३८ रुपियाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ३२ पैसा र बिक्रीदर ३९ रुपियाँ ४९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६१ पैसा र बिक्रीदर चार रुपियाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ०३ पैसा र बिक्रीदर ३९ रुपियाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ४४ पैसा र बिक्रीदर ३५ रुपियाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९२ पैसा र बिक्रीदर नौ रुपियाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६३ पैसा र बिक्रीदर १५ रुपियाँ ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६० पैसा र बिक्रीदर २२ रुपियाँ ७० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४४ पैसा र बिक्रीदर १८ रुपियाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपियाँ ७० पैसा र बिक्रीदर ४६८ रुपियाँ ६६ पैसा , बहराइन दिनार एकको खरिददर ३८० रुपियाँ ०६ पैसा र बिक्रीदर ३८१ रुपियाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपियाँ ३५ पैसा र बिक्रीदर ३७३ रुपियाँ ९१ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

























