
पोखरा । पोखरा इन्जिनियरिंग कलेजमा अध्ययनरत इन्जिनियरिंगका विद्यार्थीहरुले कास्कीको रुपा गाउँंपालिकामा रहेको नेपालकै पहिलो हाइव्रिड हफ म्यान क्लिन चाइनिज इटा उत्पादनको अध्ययन भ्रमण गरेका छन् । विद्यार्थीले बातावरणमैत्री तथा इनर्जी एफेसेन्ट टेक्नोलोजीमा आधारित कम्पनीको अवलोकन भ्रमण गरेका हुन् । विद्यार्थीलाई पोखरा इको रेड ब्रिकका व्यवस्थापक विकास दुवालले सहजीकरण गरिदिएका थिए ।
पोखरा इको रेड ब्रिक्स प्रालिका अध्यक्ष इन्जिनियर कृष्णभक्त दुवालले वातावरणमैत्री, इनर्जी इफिसियन्ट टेक्नोलोजीको महत्बारे बुझ्न विद्यार्थी कारखानामा आएको जानकारी गराए । यसअघि जर्मन प्रविधिमा आधारित हफ म्यान क्लिनबाट चाइनिज इटा उत्पादन थालेका थियौं, उनले भने, पछिल्ला वर्षहरुमा पोखरास्थित पोल्याङबाटै प्वाल भएको (हलो व्रिक) को उत्पादन थाल्दै आएका छौं ।
कम्पनीको आफ्नै एक सय रोपनीको क्षेत्रफलमा उद्योग राखी इटाको उत्पादन गर्दै आएको छ । पोखरा र दमौलीबाट करिव २० किलोमिटरको दुरीमा इटाभटा रहेको छ । नेपालमा सामान्य लोकल, चाइनिज इटालगायतका विभिन्न थरीका इटाहरु छन् । साथै व्लकका इटाहरु पनि हुन्छन् । साथसाथै आकर्षक खालका पोंल अपा (झिंगटी), चिकं अपा (तेलिया इँंटा) लगायतका इटाहरु पनि हुन्छन् ।

























