काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुग्ने कार्यक्रम ढिलाइ भएको छ। खराब मौसमका कारण भैरहवातर्फको उडान रद्द भएपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समय प्रतिक्षामा बसेका थिए ।
रास्वपा नेता गणेश पराजुलीका अनुसार अब लामिछानेलाई भैरहवाको सट्टा भरतपुर लगिने भएको छ। भरतपुर विमानस्थलमा अवतरणपछि उनलाई गाडीमार्फत भैरहवा पुर्याइनेछ।
रुपन्देही जिल्ला अदालतमा आवश्यक कागजी प्रक्रिया पूरा भएपछि मात्रै लामिछाने रिहा हुने बताइएको छ।

























