काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएर विजयी भएका छन्। उनले संस्थापन पक्षबाट महासचिवको टिकट नपाएपछि केन्द्रीय सदस्य पदमा मात्र उम्मेदवारी दिएका थिए ।
ज्ञवालीले महासचिव पदमा पहिल्यैदेखि दावेदारी प्रस्तुत गर्दै आएका थिए। संस्थापन पक्षले उनलाई उपाध्यक्ष पदमा उम्मेदवार बनाउन चाहेको भए पनि उनले त्यो प्रस्ताव स्वीकार नगरी केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका हुन्।
उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएपछि रिक्त भएको स्थानमा संस्थापन पक्षबाट रघुजी पन्त उम्मेदवार बनेका थिए, जो उक्त पदमा विजयी भएका छन्।
खुला केन्द्रीय सदस्यतर्फ ज्ञवालीले १,९४२ मत प्राप्त गर्दै सर्वाधिक मत ल्याउने नेतामध्ये आफूलाई स्थापित गरेका छन्।
























