काठमाडौं । साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९.९९ विन्दुमा पुगेको छ।
अघिल्लो दिन सोमबार नेप्से परिसूचक ६.७४ अंकले बढेको थियो। सो दिन ३ अर्ब ४४ करोड १९ लाख बराबरको सेयर कारोबार भएको थियो। यसदिन नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। ३२५ स्क्रिप्सको ७८ लाख ४ हजार ४५ कित्ता सेयर ३ अर्ब २९ करोड ४२ लाख २७ हजार १२२ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १८७ वटा स्टक्सको मूल्य बढ्दा ६१ वटाको घट्यो। ११ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्दा नारायणी डेभलपमेन्ट बैंकको ९.९९,एसवाई प्यानल नेपालको ९.९८,बलेफी हाइड्रोपावरको ७.०४ र लुम्बिनी विकास बैंकको ५.८१ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा नगदी ग्रुप शीर्षस्थानमा रह्यो। सो कम्पनीको १९ करोड ८२ लाख मूल्य बराबरको सेयर कारोबार भयो। लुम्बिनी विकास बैंकले १० करोड बराबरको सेयर कारोबार गर्दा हिमालयन रिइन्स्योरेन्सको र सीईडीबी होल्डिङ्गसको ९/९ करोड र राधी विद्युतको ७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
१२ वटा समूहको उपसूचक सकारात्मक देखिएका छन्। ट्रेडिस समूहको उपसूचकबाहेक अरु समूहको उपसूचक सकारात्मक देखिएका छन्।
























