काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिलाई उपस्थित हुन भनिएको छ ।
बैठकमा पार्टीको महाधिवेशन तालिका, राष्ट्रिय सभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाबाट सिफारिस भएका उम्मेदवारहरू लगायतका विषयमा छलफल हुने बताइएको छ ।

























