काठमाडौँ । नेकपा (एमाले)को ११ औं महाधिवेशनमा उम्मेदवार नबन्ने उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्यले पनि घोषणा गरेकी छिन् । यसअघि युवराज ज्ञवालीले उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।
महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि काठमाडौँको भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा शाक्य र ज्ञवालीले उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष शाक्यले आफू ७० वर्ष पुगेकाले उम्मेदवार नबन्ने बताएकी हुन् । उनी ७० वर्षे उमेरहदको पक्षमा छिन् । यसअघि एमालेको विधानमा ७० वर्षे उमेरहद राखे पनि त्यो हटाइसकिएको छ । उमेरहद लगाउँदा पार्टीमा पुस्तान्तरण गर्न सजिलो हुने उनको मत छ ।
























